← समाचारमा फर्कनुस्
नेपाल भुटानसंग बराबरी खेल्दै तेस्रो स्थानमा

साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपालले आज भएको अन्तिम खेलमा भुटानसँग बराबरी खेलेको छ।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न खेलमा नेपालले घरेलु टोलीसँग १–१ को बराबरी खेलेको हो।
नेपालका लागि बबतिका कार्कीले खेलको १५औं मिनेटमी गोल गरिन्। भुटानका लागि सोनम याङ्जेनले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल फर्काईन।
नेपाल तेस्रो हुन सफल भएको छ भने भारतले उपाधी जितेको छ। बंगलादेश दोस्रो तथा भुटान चौंथों स्थानमा रहदै प्रतियोगीता समाप्त भएको छ ।
नेपाल ६ खेलमा १ मात्रै जित हात पार्न सफल रह्यो। उक्त जित पनि नेपालले पहिलो लेगमा भुटानमाथि नै निकालेको थियो। उक्त खेलमा सहारा लिम्बूको सानदार दुई गोलसँगै नेपालले २–१ को पुनरागमन जित निकालेको थियो। नेपालले ६ खेलमा ४ अंक जोड्यो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |