← समाचारमा फर्कनुस्
Top Headlines Aug 31, 2026 · Swadesh

नेपालको बहराइनमाथि सात विकेटको जित

नेपालको बहराइनमाथि सात विकेटको जित

कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मदतले नेपालले एसीसी प्रिमियम लिगमा सोमबार बहराइनमाथि सात विकेटको सजिलो जित निकालेको छ । नेपालले टस जितेर पहिले बलिङको निर्णय गरेपछि बहराइनले ३६.२ ओभरमा अलआउट भएर ८७ रन बनाएको थियो ।

बहराइनलाई सस्तोमा समेट्न सन्दीप्ले पाँच विकेट लिए । उनले त्यसका लागि १४ रन मात्र खर्चे । यस्तै ललित राजंशवीले तीन र करण केसीले दुई विकेट लिए । बहराइनका लागि फइज महमदले बनाएको १५ रन नै सर्वाधिक ठूलो स्कोर रह्यो ।

जवाफमा नेपालले २१ ओभर मात्र उपयोग गरेर तीन विकेटमा ८८ रन बनायो र सजिलो जित आत्मसात् गर्न सफल रह्यो । ओपनर अर्जुन कुमाल ३६ रन बनाएर नटआउट रहे । यो जितले नेपाललाई सेमिफाइनल पुग्न पनि नेट रनरेटका कारण सहज बनाउन सक्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →