महिला बास्केटबलः एपीएफ र आर्मीलाई उपाधि

दसौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको उपाधि एपीएफ र नेपाल आर्मीले आइतबार हात पारेका छन् । एपीएफ फुल कोर्ट तथा आर्मी थ्री अन थ्रीमा च्याम्पियन बने । दुवै प्रतियोगिताभर अपराजित रहँदै च्याम्पियन बनेका हुन् ।
सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको फुल कोर्टको फाइनलमा एपीएफले आर्मीलाई ५७–२९ ले सहजै पराजित ग¥यो । एपीएफकी मिरा गुरुङले १७ स्कोर गरिन् ।
पहिलो क्वाटरमा १०–५ को अग्रता लिएको एपीएफले दोश्रो र तेश्रो क्वाटर क्रमशः १८–३ र १६–४ ले आफ्नो पक्षमा पा¥यो । चौथो क्वाटरमा एपीएफ १३–१७ ले पछि प¥यो ।
महिला बास्केटबलको पदकमा विभागीय टोलीको वर्चस्व रह्यो । पुलिसले सुदूरपश्चिमलाई ६७–२८ ले हराउदै तेश्रो भयो । पुलिसकी दिभा महर्जनले ११ स्कोर गरिन् ।
थ्री अन थ्रीको फाइनलमा आर्मीले कर्णाली प्रदेशलाई १३–९ ले पाखा लगायो । आर्मीकी दिब्यान्सा कार्कीले ७ स्कोर गरिन् । एपीएफले बागमतीलाई १६–७ ले पन्छ्याउदै तेश्रो स्थानमा चित्त बुझायो । एपीएफकी इसान्ना श्रेष्ठ ७ अंक बटुलिन् ।
मंसिर ८ गतेदेखि सुरु महिला बास्केटबलको फुल कोर्ट र हाफ कोर्ट दुवैमा समान १०–१० टिम सहभागी थिए । सातै प्रदेश, आर्मी र एपीएफले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । पुरुष बास्केटबल कर्णाली प्रदेश रंगशाला हातामै मंगलबारदेखि सुरु हुनेछ । पुरुषमा पनि महिलामा सहभागिता जनाएका टिमले नै भाग लिने छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |