← समाचारमा फर्कनुस्
सेमिफाइनलमा पुलिस र तुरान भिड्दै

काठमाडौं। नेपाल पुलिस क्लब काभा वुमन्स लिगको सेमिफाइनलमा आज कजाकिस्तानको तुरान भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ।
माल्दिभ्सको मालेस्थित सोसाइटी सेन्टस इन्डोर हलमा सोमबार हुने दिनको दोस्रो सेमिफाइनलमा पुलिसले ९:१५ बजे तुरानसँग प्रतिस्पर्धा गर्नेछ।
यसअघि आइतबार सम्पन्न खेलमा पुलिसले घरेलु टोली हुर्रा सोसाइटी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो।
पुलिसले पहिलो सेट २५–१९ ले जित्यो भने प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २६–२४ ले आफ्नो पक्षमा पार्यो। तेस्रो सेटमा भने पुलिसले २५–१६ को सहज जित निकाल्दै खेल आफ्नो नाममा लेखायो।
सेमिफाइनलमा पुलिसले समूह ‘ए’ को विजेता कजाकिस्तानको तुरान प्रतिद्धन्द्धी पाएको हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |