नेपाल र माल्दिभ्स सेमिाइनलमा खेल्ने

काठमाडौं। काभा महिला यु–१९ भलिबलमा नेपालले सेमिफाइनलमा मल्दिभ्ससँग खेल्ने भएको छ।
समूह चरणको तीन खेलमा दुई जित र एक हार ब्यहोरेको नेपाल ७ अंकसहित शीर्ष स्थानमा रह्यो। शीर्ष स्थानमा रहेको नेपालले पूछारमा रहेको मल्दिभ्सको सामना गर्ने भएको हो।
यो खेल भोलि अर्थात् शनिबार खेल्नेछ। खेल नेपाली समयअनुसार दिउँसो ४:४५ बजेबाट सुरु हुनेछ। यसअघि पहिलाे सेमिफाइनलमा घरेलु टोली श्रीलंकाले किर्गिस्तानको सामना गर्नेछ। यो खेल २;१५ बजेबाट सुरु हुनेछ।
नेपालले समूह चरणको पहिलो खेलका किर्गिस्तानसँग ३–२ को सेटमा हार ब्यहोरेको थियो भने दोस्रो खेलमा घरेलु टोली श्रीलंकालाई ३–१ तथा तेस्रो खेलमा माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको थियो।
यता, सबै खेलमा पराजय ब्यहोरेको माल्दिभ्स अंक विहिन छ। समान खेलबाट ६ अंक रहेको श्रीलंका दोस्रो तथा ५ अंक जोडेको किर्गिस्तना तेस्रो रह्यो। फाइनल खेल आइतबार हुनेछ। सोहीदिन तेस्रो स्थानको लागि पनि प्रतिस्पर्धा हुनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |