← समाचारमा फर्कनुस्
फाइनल प्रवेशको लागि नेपालले भारतसँग खेल्ने

काठमाडौँ। श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा भारतसँग भिड्ने भएको छ।
समूह 'ए' को उपविजेता बनेको नेपालले फाइनल प्रवेशका लागि समूह 'बी' को विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ।
कोलम्बो रेसकोर्समा सोमबार सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा भारतले पाकिस्तानलाई हराएको थियो।
उक्त खेलमा भारत ३–२ ले विजयी बन्यो। योसँगै अपराजित रहेको भारत ९ अंकसहित आफ्नो समूहको विजेता बनेको हो। नेपाल र भारत बिहीबार अन्तिम चारमा भिड्नेछन्। सोही दिन बंगलादेश र पाकिस्तानले एकअर्कासँग खेल्नेछन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |