← समाचारमा फर्कनुस्
Volleyball Aug 06, 2024 · Swadesh

काभा भलिबल : नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

काभा भलिबल : नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

काठमाडौं । इरानलाई हराउँदै आयोजक  नेपाल काभा महिला नेसन्स भलिबल लिगको फाइनल प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मंगलबार नेपालले इरानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।  

योसँगै नेपालले उपाधिका लागि अब भारतसँग खेल्ने भएको छ। मंगलबार नै भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत उपाधिनजिक पुगेको थियो। नेपालले बुधबार उपाधिका लागि भारतको सामना गर्नेछ। इरानले तेस्रो स्थानका लागि श्रीलंकाको सामना गर्नेछ। 

नेपालले सेमिफाइनलमा इरानविरुद्ध खेल २५-२१, २८-२६, २५-२० ले आफ्नो पक्षमा पर्‍यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →