← समाचारमा फर्कनुस्
Football Aug 31, 2025 · Swadesh

नेपालले आज भुटानसँग खेल्दै

नेपालले आज भुटानसँग खेल्दै

काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज भुटानसँग खेल्दैछ। 


थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने यस खेल नेपाली समय अनुसार दिउसो ५:४५ बजेदेखि शुरु हुनेछ ।


यसअघि नेपालले भुटानसँगको पहिलो खेलमा २-१ गोलले जित हात पारेको थियो। जुन नेपालको यस प्रतियोगीताको एक मात्र जित हो। त्यस्तै नेपाल पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने तेस्रो खेलमा बंगलादेशसँग ३-० गोलले हारेको थियो। त्यस्तै दोस्रो चरणको पहिलो खेलमा बंगलादेशसँग ४-१ गोल अन्तरले हारेको थियो भने दोस्रो खेलमा भारतसँग ५-० गोलले पराजित भएको थियो।


भुटानसँगले भने अहिले सम्म जित दर्ता गरेको छैनन्।  त्यस्तै भुटानले अहिलेसम्म खेलेका ५ खेलमा एक खेल बराबरी खेलेको छ भने ४ खेलमा हार बेहोरेको छ । भुटानले पछिल्लो खेलमा बंगलादेशलाई १-१ को बराबरीमा रोकेको थियो ।


यस प्रतियोगीताको उपीधी भने भारत जितिसकेको छ । बंगलादेश भने उप विजेता रहेको छ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →