नेपालले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं। नेपालीले आज बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यस खेल सांझको ५ः३० बजेदेखि सुरू हुनेछ।
नेपाल र बंगलादेश बिच भएको पछिल्लो ५ खेललाई हेर्ने हो भने नेपालले २ खेल जित, २ बराबरी र १ खेल हारेको थियो।
नेपालको पछिल्लो ५ खेललाई हेर्ने हो भने नेपालले २ जित , १ बराबरी र २ खेल हारेको छ। नेपालले सिंगापुर र अफगानिस्तानलाई पराजित गरेको छ । हङकङसॅंग बराबरी खेले भने लावस र मलेसिया संग हार व्यहोरेको थियो।
यता बंगलादेशको पछिल्लो ५ खेललाई हेर्ने हो भने बंगलादेशको पनि नेपाल सरह २ जित , १ बराबरी र २ खेल हारेको छ। बंगलादेशले मालदिभसर भुटानलाई पराजित गरे भने र मालदिभससॅंग भएको अर्को खेलमा आफै हार्न पुगे। सिंगापुरसंग पनि पराजित हुनपुगे। भारतसंग बराबरी खेलेको थियो।
शुक्रबार आयोजित प्रि–म्याच प्रेस कन्फेरेन्समा म्याट रसले बंगलादेशको टोलीको क्षमताबारे सम्मान जनाउँदै भने, ‘हाम्रो तयारी राम्रो भएको छ। घरेलु दर्शकको अगाडि खेल्दा उत्कृष्ट प्रतिस्पर्धा हुनेछ र हामी जित्नेमा विश्वास पनि छ।’ रसका शब्दमा जित मात्र लक्ष्य होइन खेलाडीहरूको आत्मविश्वास र टोलीको सामूहिक तालमेल देखाउने यो खेल पनि महत्त्वपूर्ण छ।
नेपालले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल सेप्टेम्बर ९ मा खेल्दैछ।
नेपाली टोली
किरण चेम्जोङ (कप्तान), रोहित चन्द, अनन्त तामाङ, अभिषेक लिम्बु, अञ्जन बिष्ट, जलेस्पीजंग कार्की, आदित्य शाक्य, अमित लामा, एरिक बिष्ट,दीप कार्की, दिनेश हेन्जन, कुशल देउवा, लेकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रनदिप पौडेल, रोहन कार्की, समीर तामाङ, श्रीजनराज गौतम, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा, योगेश गुरुङ
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |