← समाचारमा फर्कनुस्
नेपाल र बंगलादेश गोलरहित बराबरीमा

काठमाडौं। नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरेपछि गोल भने गर्न सकेनन्।
योसँगै नेपालले आफ्नो अपराजित यात्रा चार खेलमा पुर्याएको छ। यसअघि नेपालले सन् २०२० नोभेम्बरमा गोलरहित बराबरी खेलेको थियो।
सन् २०२१ मार्चमा भएको थ्री नेसन्स कपमा २-१ र सोही वर्ष अक्टोबरमा भएको साफ च्याम्पियनसिपमा १-१ को बराबरी खेलेको थियो।
२०२२ सेप्टेम्बरमा भएको मैत्रीपूर्ण खेलमा भने अञ्जन विष्टको ह्याट्रिकसँगै ३-१ को जित निकालेको थियो। तर, शनिबार भने दुवै टोलीले केही अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेनन्।
अब यी दुई टोली मंगलबार दोस्रोपल्ट आमुन्नेसामुन्ने हुनेछन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |