आर्मी र पुलिसलाई मेयर कप भलिबलको उपाधि

ललितपुर । ललितपुर मेयर कप खुल्ला महिला तथा पुरुष भलिबलको उपाधि पुरुषतर्फ आर्मी र महिलातर्फ पुलिस क्लबले जितेका छन् । ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको फाइनल खेलमा आर्मीले पुरुषतर्फ र पुलिसले महिला तर्फको उपाधि उचालेका हुन् ।
पुरुष स्पर्धामा आर्मीले पुलिसमाथि ३-२ को सेटमा प्रतिस्पर्धात्मक जित निकाल्यो । आर्मीले पुलिसलाई २५-२०, २५-१७, २७-२९, १९-२५ र १५-७ को सेटमा हरायो । महिला स्पर्धामा पुलिसले एपीएफलाई २५-११, १९-२५, २५-१९ र २५-२२ को सेटमा पाखा लगायो ।
उपाधिसँगै विजेता टिम आर्मी र पुलिसले ट्रफी सहित समान २ लाख रुपैयाँ प्राप्त गरे । उपविजेता बनेका पुलिस र एपीएफले समान एक लाख रुपैयाँमा चित्त बुझाए ।

पुरुषतर्फ पुलिसका बिशाल बिके उत्कृष्ट स्पाइकर, पुलिसका द्धवारिका थापा उत्कृष्ट ब्लकर, एपीएफका लोकेन्द्र गिरी उत्कृष्ट सेटर, आर्मीका इश्वर थापा उत्कृष्ट लिब्रो, आर्मीका हरी हजुरी थापा उत्कृष्ट सर्भर र आर्मीका जगत बहादुर भण्डारी उत्कृष्ट पं्रशिक्षक घोषित भए । आर्मीका मानबहादुर श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिए ।
महिलातर्फ एपीएफकी आरती सुबेदी उत्कृष्ट स्पाइकर, न्यु डायमण्ड क्लबकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, एपीएफकी जशोन्ना महतो उत्कृष्ट सेटर, पुलिस यमुना रसाईली उत्कृष्ट लिब्रो, आर्मीकी श्रृष्टि खड्गी उत्कृष्ट सर्भर र पुलिसका रुपेशकुमार विष्ट उत्कृष्ट प्रशिक्षक घोषित बने । पुलिसकी लक्ष्मी चन्द सर्वोत्कृष्ट खेलाडी चुनिईन् । विधागततर्फका उत्कृष्ट खेलाडीले जनही ५ हजार र सर्वोकृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र जावलाखेल भलिबल प्रशिक्षक केन्द्रका अध्यक्ष माधव खड्काले विजेता खेलाडी तथा टिमलाई पुरस्कृत गरेका थिए । ललितपुर महानगरको आयोजनामा बैशाख ९ गतेबाट सञ्चालित प्रतियोगितालाई जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले सञ्चालन गरेको हो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |