LIVE
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports Jun 14, 2026 · Swadesh

नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि रोनक र स्वस्तिकालाई

नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि रोनक र स्वस्तिकालाई

काठमाडौ । रोनक उप्रेती र स्वस्तिका चौधरीले नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२६ को उपाधि जितेका छन्।

नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएन (एनसीएसए)को आयोजनमा शनिवार सम्पन्न भएको प्रतियोगितामा रोनक पुरुषतर्फ र स्वस्तिका महिलातर्फ च्याम्पियन बने ।

 च्याम्पियन दुवैले नगद ३० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे । 
यसैगरी पुरुषतर्फ पेम्बा छेवाङ तामाङ दोस्रो र सुलभ राई तेस्रो भए । महिलातर्फ मनिषा बुढा मगर दोस्रो र रबिका महर्जन तेस्रो भए । 

दोस्रो भएका दुवै खेलाडीले समान २० हजार र तेस्रो भएका दुवै खेलाडीले समान १० हजार नगद प्राप्त गरे । 
यस्तै महिला र पुरुष दुवैमा शीर्ष तीन हात पार्ने खेलाडीले गेयर पार्टनर पेलियट नेपालले करिब एक लाख बराबरको खेल सामाग्री प्रदान गरेको छ । 

काठमाडौं स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा भएको एकदिने प्रतियोगितामा पुरुषतर्फ ३५ र महिलातर्फ ७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव राम चरित्र महेताले प्रतियोगिताको उद्घाटन गरेका थिए । 
पुरुषतर्फ क्वालिफिकेसन राउण्डबाट अन्तिम चरणमा ८ खेलाडी छनोट भएका थिए । अन्तिम चरणमा छनोट भएका ८ खेलाडीको प्रतिस्पर्धाबाट विजेताको टुङ्गो लागेको हो ।

 गत वर्ष एनसीएसले ६ वर्षको ब्रेकपछि नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यसलाई यस वर्ष निरन्तरा दिँदै बोल्डरिङ विधाको नेशनल च्याम्पियनसिप आयोजना गरेको हो । 

एनसीएसएका अध्यक्ष रमेश पौडेलले आगामी दिनमा वार्षिक कार्यक्रमको क्यालेन्डर नै बनाएर हरेक वर्ष राष्ट्रिय प्रतियोगिता गर्ने जानकारी दिए । 

नेपालमा क्लाइम्बिङ स्पोर्टको ठूलो सम्भावना रहेको र नेसनल च्याम्पियनसिपमा यस वर्ष खेलाडीको संख्या पनि बढेको र आगामी दिनमा नयाँ खेलाडीहरुका लागि राष्ट्रिय च्याम्पियनसिप खेल्नका लागि समेत अवसर हुने उनले बताए ।

प्रतियोगिताको विजेता खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका सहमहासचिव रामजी बहादुर श्रेष्ठ, एनसीएसएका अध्यक्ष रमेश पौडेलल लगायतले मेडल, पुरस्कार, प्रमाणपत्र प्रदान गरेका थिए ।  

प्रतियोगितालाई पेलिएट नेपाल, एलाइट एक्सपेड, एट के एक्सपेडिसन्स, अल्टीप्रो एडभेन्चर, सातोरी एडभेन्चर, सेभेन समिट ट्रेक्स, १४ पिक्स एक्सपेडिसन, बिल, पाओनिर एडभेन्चरले र ब्ल्याक डायमन्डले सहयोग गरेको थियो । 

नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न छनोट हुने महिला र पुरुक्ष १-१खेलाडीलाई ब्ल्याक डायमन्टले गेयर स्पोन्सर गर्ने घोषणा समेत गरेको हो । 

यस्तै टेक्निल पार्टनरमा नेपाल नेशनल माउन्टेन गाइड एसोसिएन रहेको थियो भने इन्डियन माउन्टेनिरिङ फाउण्डेसनले टेक्निकल सहयोग गरेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group C
1 Brazil 1 1
1 Morocco 1 1
3 Haiti 1 1
3 Scotland 1 1
सबै समूह →