राष्ट्रिय मिनी स्केट म्याराथन हुने

काठमाडौं। द स्केट ल्यान्डको आयोजनामा तथा नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघको सहकार्यमा आगामी असोज ४ गते गोकर्णमा पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ।
काठमाडौं सुन्दरीजलको आलापोटबाट शुरु भई गोकर्ण तालिम चोकमा सम्पन्न हुने उक्त प्रतियोगिता ५ किलोमिटरको दुरी रहेको छ। प्रतियोगितामा नेपाल, भारत र दुबईका गरी दुई सय खेलाडीहरुले सहभागिता जनाउने मंगलवार आयोजित पत्रकार सम्मेलनमा आयोजक द स्केट ल्यान्डका संस्थापक अब्राहिम राईले बताए।
नेपालमा पहिलो पटक इनलाइन स्केटिङको राष्ट्रिय प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा स्वर्ण विजेताले ५० हजार रुपैंया स्केट सुज, सेफ्टी गियर, रजत पदक प्राप्त गर्नेले ३० हजार र स्केट सुज तथा काश्य पदक प्राप्त गर्नेले १५ हजार रुपैंया र सेफ्टी गियर प्राप्त गर्नेछ।
नेपालमा हाल संचालनमा रहेको ३०० भन्दा वढि स्केट पार्कमा रहेका उत्कृष्ट खेलाडीहरु तथा भारतबाट ५० वढी खेलाडीहरु प्रतिस्पर्धाको लागि आउने बताइएको छ। प्रतियोगिता आयोजनाको उदेश्य नेपालमा स्केट खेलको विकास तथा यो खेलमा आवद्ध युवा खेलाडीहरुलाई ब्यावसायिक बनाउने रहेको जनाइएको छ।
नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाल स्केट मिनी म्याराथन प्रतियोगिता भविष्यमा इनलाइन स्केटिङ र स्केट बोर्डिङ खेलले ब्यावसायिक रुप लिन कोशेढुंगा सावित हुने बताए। उनले नेपालमा स्केटका विभिन्न १२ वटा इभेन्ट्स रहेको र त्यसमा इनलाइन स्केटको नयाँ विधामा खेलाडीहरुको ब्यापक सम्भावना रहेको बताए। ३ वर्ष अगाडि स्थापना भएको द स्केट ल्यान्डका संस्थापक राईले अब नियमित रुपमा प्रतियोगिता गर्ने।
र इनलाइन स्केट खेललाई सकृय बनाउने बताए। उनले भने, नेपालमा उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने र उनीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा एक्सपोजर दिई अन्तर्राष्ट्रिय पदक भित्राउने हाम्रो लक्ष्य हो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |