← समाचारमा फर्कनुस्
राष्ट्रिय लिगमा आज तीन रोमाञ्चक खेल हुँदै

काठमाडौं। अखिल नेपाल फुटबल संघद्वारा सञ्चालन भइरहेको एन्फा राष्ट्रिय लिग अन्तर्गत आज तीन खेल हुँदैछन्। दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् भने एक खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना गरिनेछ।
दिनको पहिलो खेल बिहान १० बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ। उक्त खेलमा चर्च ब्वाइज युनाइटेड क्लब र कर्णाली प्रदेशको काक्रेबिहार युथ क्लब आमनेसामने हुनेछन्।
त्यसपछि दिउँसो २ बजे दशरथ रंगशालामा संकटा फुटबल क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ।
दिनको अन्तिम खेल साँझ ६ बजे दशरथ रंगशालामै हुनेछ, जहाँ विभागीय डर्बीमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब आमनेसामने हुनेछन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |