← समाचारमा फर्कनुस्
Other Sports Jun 07, 2025 · Swadesh

प्रथम राष्ट्रिय जुनियर बुद्धिचाल प्रतियोगिता जेठ २९ देखि हुने

प्रथम राष्ट्रिय जुनियर बुद्धिचाल प्रतियोगिता जेठ २९ देखि हुने

२४ जेठ, काठमाडौँ।

बुढानिलकण्ठ नगर युवा परिषद्को आयोजनामा यही जेठ २९ गतेदेखि ३१ गतेसम्म प्रथम राष्ट्रिय जुनियर बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने भएको छ। 

शनिबार प्रेस विज्ञप्ति कार्यक्रमको सभापतित्व गर्दै सामाजिक विकास समितिका संयोजक एवं कार्यपालिका सदस्य शान्ता पुडासैनी सामु परिषद्का कार्यकारी उपाध्यक्ष रुपेश भट्टराईले विज्ञप्ति पढेर सुनाएका थिए।

प्रतियोगितामा २० वर्ष मुनिका खेलाडीहरूले कुल दुई लाख ३० हजार पुरस्कार राशीका लागि प्रतिस्पर्धामा उत्रनेछन्। 

पुरुष तथा महिला दुवै समूहमा प्रथम हुनेले नगद ४० हजार, द्वितीयले २५ हजार, तृतीयले १० हजार, चौथोले ७ हजार ५ सय र पाँचौंले नगद ५ हजार प्राप्त गर्नेछन्।

सँगसँगै विधागत रूपमा वर्ष १८, १६, १४, १२, १० र ८ का उत्कृष्ट छात्र र छात्रा खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।

बुढानिलकण्ठ नगरपालिकाको सभा हलमा आयोजित प्रेस सम्मेलन मार्फत परिषद्का कार्यकारी सदस्य एवं प्रतियोगिताका संयोजक दीपक तामाङले व्यवस्थापकीय सम्बन्धी सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका छन्।

नेपाल बुद्धिचाल महासङ्घको तत्वावधानमा सञ्चालन हुने यस प्रतियोगिताको प्राविधिक पक्ष सहित महासङ्घको नियमित राष्ट्रिय प्रतियोगिताहरूको बारेमा महासङ्घका महासचिव धरमबहादुर लामाले जानकारी गराएका छन्।

कार्यपालिका सदस्य नेहा गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाल बुद्धिचाल महासङ्घका कोषाध्यक्ष ताराबहादुर रानाभाट, बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्षहरू सुरेन्द्र लामा, ११ का वडा अध्यक्ष राजु अधिकारी र १२ का वडा अध्यक्ष शम्भु भट्टराईको उपस्थिति रहेको थियो।

बुढानिलकण्ठ नगरपालिका वडा नं -१२ मा सञ्चालन हुने बुद्धिचाल प्रतियोगिताको बारे जानकारी गरिएको कार्यक्रममा परिषदका सदस्य सचिव सुरेश कार्की र स्थानीय बुद्धिचाल प्रशिक्षक मिशन बास्कोटाको समेत उपस्थिति रहेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →