TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Mar 19, 2026 · Swadesh

राष्ट्रिय लिगका खेल स्थगित

राष्ट्रिय लिगका खेल स्थगित

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी राष्ट्रिय लिगअन्तर्गतका केही खेलहरू स्थगित गरेको जनाएको छ।


एन्फाले बिहीबार एक सूचना जारी गर्दै प्राविधिक कारणले लिगअन्तर्गतका म्याच नम्बर ९७ देखि १००–१३६ सम्मका खेलहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो।


एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरद्वारा हस्ताक्षरित सूचनामा लिग सञ्चालन सम्बन्धी व्यवस्थापनमा देखिएका प्राविधिक समस्याका कारण खेलहरू तत्कालका लागि रोकिएको उल्लेख गरिएको छ।


उक्त सूचना त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, संकटा एफसी, मछिन्द्र क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब, लालीगुराँस एसोसिएसन क्लबलगायत सहभागी क्लबहरूलाई पठाइएको एन्फाले जनाएको छ।


अब स्थगित खेलहरूको नयाँ मिति र समय एन्फाले पछि सार्वजनिक गर्नेछ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →