← समाचारमा फर्कनुस्
Other Sports Dec 24, 2024 · Swadesh

राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप बुधबार देखि

राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप बुधबार देखि

 ९ पौष, ललितपुर ।

 नेपाल बुद्धिचाल महासंघको पूर्व घोषित अन्तिम क्यालेण्डरी राष्ट्रिय प्रतियोगिता अन्तर्गत क्लब टिम चेस च्याम्पियनसिप ललितपुरको च्यासल स्थित तुल्सीलाल प्रतिष्ठानमा बुधबार देखि शुरु हुने भएको छ। 

नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भोलि देखि लिग चरणका खेल शुरु हुने ७ औं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलन मार्फत महासंघले जानकारी गराएका छन्। 

नेपाल बुद्धिचाल महासंघका प्रवक्ता राजु ताम्राकारका अनुसार विश्व बुद्धिचाल महासंघ (फिडे) को तत्त्वावधानमा सञ्चालन हुने प्रतियोगिताको फिडे ईभेण्ट कोड ३९१८७३ रहेको छ। खेल क्लासिकल स्टाण्डर्ड ९० मिनेट ३० सेकेण्ड ईन्क्रिजमेण्टको हुनेछ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन दोलखा चेस होम्स सहित आयोजक ललितपुर स्पोर्ट्स क्लब , ललितपुर महानगरपालिका, पूर्व विजेता थापाथली चेस पार्क, दोलखा जिल्ला बुद्धिचाल संघ , काठमाडौं चेस क्लब, महालक्ष्मी नगरपालिका ललितपुर , कास्की जिल्ला बुद्धिचाल संघ, कोशी प्रदेश बुद्धिचाल संघ रहेका छन्। 

यसैगरी गोदावरी नगरपालिका ललितपुर, भक्तपुर जिल्ला बुद्धिचाल संघ , पुल्चोक इन्जिनियरिङ कलेज, मध्यपुर ठिमी चेस एशोसियशन, बुकास डटकम कुमारीपाटी, सुदुरपश्चिम प्रदेश संघ, डाइनामिक चेस क्लब लहान, पेभेलियन चेस एकेडेमी, हिमालयन चेस एकेडेमी A, माउन्ट एभरेष्ट चेस एण्ड सोसियल क्लब र हिमालयन चेस एकेडेमी B गरि कूल २० सहभागी चेस टोलिको नाम दर्ता भइसकेको जानकारी गराएका छन्।

क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगितामा हरेक टोलिवाट ५ जना खेलाडी र एक जना टिम ब्यबस्थापक रहने छ। अन्तर्राष्ट्रिय फर्म्याटमा खेलाइने प्रतिस्पर्धामा ३ जना खुल्ला तर्फका शीर्ष खेलाडी, एक जना महिला वा युवा १६ वर्षका खेलाडीले सामूहिक स्पर्धा गर्ने छन् भने एक जना खेलाडी रिजर्भ रहनेछ। 

प्रतियोगिता जम्मा ७ चरणको लिग खेल सञ्चालन हुनेछ । लिग खेलवाट शीर्ष ४ टोलि सेमिफाइनलका लाग छनौट हुनेछन्। सेमिफाइनल जित्ने २ टोलिले फाइनल खेल्ने छन्। जसका विजेताले पुरस्कार रकम नगद २ लाख सहित आकर्षक ट्रफि , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 

यस्तै उप विजेता टिमले नगद १ लाख २० हजार हात पार्नेछन्। प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टिमले नगद ६० हजार , चौथो टिमले ४० हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतिस्पर्धामा उत्कृष्ट खेल प्रदर्शन गर्ने हरेक बोर्डका ५ जना खेलाडीले नगद १० हजार सान्त्वना पुरस्कार हात पार्नेछ। कूल नगद पुरस्कार ४ लाख ७० हजार रहेको छ।

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले महासंघले पूर्व घोषणा गरेका राष्ट्रिय प्रतियोगिताहरु सम्पन्न गरिसकेको बताएका छन्। पूर्व घोषित राष्ट्रिय ब्लिट्ज , राष्ट्रिय रापिड, राष्ट्रिय सिनियर, राष्ट्रिय एमेच्योर, उमेर समूहका सबै राष्ट्रिय खेल ,९ औं महिला राष्ट्रिय च्याम्पियन, १४ औ राष्ट्रिय प्रतियोगिता सकिसकेको छ। यो राष्ट्रिय टिम पनि सम्पन्न हुने चरणमा रहेको बताउदै आगामी जनवरी देखि नयाँ क्यालेण्डरमा खेल सञ्चालन गरिने जानकारी गराएका छन्। 

अध्यक्ष महर्जनले टिम खेल मार्फत खेलाडीहरुलाई व्यवसायीक खेल तर्फ अग्रसर गर्ने प्रयास गरेको बताउदै राम्रा खेलाडीले अक्सन कै शैलीमा पारिश्रमिक पाउन सफल भएको बताए। महर्जनले थप्दै भने गत संस्करणको विजेता लाई रसियामा भएको एशियन सिटिज् चेस च्याम्पियनसिपमा सहभागी गराएका थियौं भने यस पटकको विजेताले 2025 मा हुने एशियन सिटिज् टिम च्याम्पियनसिप खेल्ने 

आज भएको पत्रकार सम्मेलनमा तुल्सीलाल प्रतिष्ठानका अध्यक्ष एवं पूर्व खेलकुदमन्त्री गोपाल शाक्य, महासंघका उपाध्यक्ष श्याम ब्यञ्जनकार, अन्तर्राष्ट्रिय प्रमुख निर्णायक यज्ञप्रसाद पन्त, फिडे आर्विटर सोराज ताम्राकार, फिडे वर्डकप खेलेका एफएम रुपेश जैसवाल लगायतको उपस्थिति रहेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →