← समाचारमा फर्कनुस्
Football Jul 26, 2023 · Nepalsports

राष्ट्रिय बास्केटबल लिग (एनबिएल) नेपालको प्रथम संस्करण खेल्ने क्लबहरुको घोषणा

राष्ट्रिय बास्केटबल लिग (एनबिएल) नेपालको प्रथम संस्करण खेल्ने क्लबहरुको घोषणा

अक्टेभ दरबारमार्गमा आज आयोजित एक कार्यक्रममा राष्ट्रिय बास्केटबल लिग (एनबिएल) नेपालको प्रथम संस्करण खेल्ने क्लबहरुको घोषणा भएको छ ।

नेपालबास्केटबल संघ (नेबा) का अध्यक्षश्री भीमसिंह गुरुङको उपस्थितिमा राष्ट्रिय बास्केटबल लिग (एनबिएल) नेपालको प्रथम संस्करण खेल्ने टिमहरुको घोषण भएको हो ।

प्रथम संस्करणमा कुल आठ टिम सहभागिहुने छन् । सहभागि टिमहरुमा विशालमिलन केन्द्र, बुढानिलकण्ठ नगरपालिकाबास्केटबल क्लब, गोल्डेनगेट बास्केटबल क्लब, हाउन्ड्स एकेडेमि, रोयल स्पोट्स सेन्ट्रल, टाइम्स क्लब, त्रिभुवनआर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लब रहेका छन्। सम्पुर्ण सहभागी क्लबका प्रतिनिधिलाई समेत कार्यक्रममा सम्मानगर्दै लिगमा उत्कृष्ट प्रर्दशनको लागिनेपालबास्केटबल संघ (नेबा) का अध्यक्ष श्री भीमसिंह गुरुङ, कान्तिपुर टेलिभिजनका प्रमुखकार्यकारी अधिकृत श्री शिशिर पछाई, डिजिफ्लाईका सिइओ श्री उकेश लोहनीले शुभकामना समेत दिएका थिए ।

नेपालबास्केटबल संघको स्वीकृतिमा कान्तिपुर टेलिभिजन नेटवर्क र डिजिफ्लाइको संयुक्त सहकार्यमा लिगको आयोजना गरिएको हो । लिगका सम्पुर्ण खेलहरु कान्तिपुर टेलिभिजन एचडि, कान्तिपुर सिनेप्लेक्स र कान्तिपुर टेलिभिनजको आधिकारिक युट्युव च्यानलमा प्रशारित हुनेछन् भने मार्केटिङ समेत कान्तिपुर टेलिभिजन नेटवर्कले गर्नेछ ।  

 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →