← समाचारमा फर्कनुस्
Other Sports Aug 27, 2025 · Swadesh

नारायण देव राणाद्वारा लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उम्मेदवारी घोषणा

नारायण देव राणाद्वारा लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं। नेपाल लोकतान्त्रिक खेलकुद संघको नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा कराते खेलाडी तथा प्रशिक्षक रहिसकेका नारायण देव राणाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।


नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. ३ का महाधिवेशन प्रतिनिधिसमेत रहेका उनले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।


उनले कराते खेलाडीका रूपमा सन् १९८५ देखि १९९९ सम्म सक्रिय रहँदै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाएका थिए। १९९२ मा काठमाडौंमा भएको दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण तथा १९९१ मा एशियन एसकेएफ शिखर कराते डो च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए।


सक्रिय खेल जीवनपछि उनले प्रशिक्षकको रूपमा २००६ दोहा एसियाड, २०१२ हडकड र २०१८ इन्डोनेशिया एशिया प्यासिफिक कराते प्रतियोगितामा नेपाली टोलीलाई नेतृत्व गरेका थिए। साथै, करातेको अन्तर्राष्ट्रिय रेफ्रीको रूपमा पनि उनले लामो समय योगदान गरेका छन्।


नेपाली खेलकुद नेतृत्वमा अनुभवी उनले २०१५ देखि नेपाल कुस्ती संघको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। त्यसअघि २००७ र २०१० मा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको अध्यक्ष बनेर आफ्नो नेतृत्व क्षमता देखाइसकेका थिए।


“खेल केवल पदक जित्ने माध्यम मात्र होइन, राष्ट्रको गौरव बढाउने साधन हो। त्यसलाई सबल र सक्षम नेतृत्वले मात्र प्रभावकारी बनाउन सक्छ। त्यसैले संघको अध्यक्षका लागि उम्मेदवारी दिने निर्णय गरेको हुँ,” उनले भने।


उनले नेपाली काँग्रेससँगको राजनीतिक लगाव र खेल क्षेत्रमा लामो अनुभवले आफूलाई यस पदमा उपयुक्त बनाउने विश्वास व्यक्त गरे।


यस्तै उनको समर्थनमा बागमती प्रदेशका निवर्तमान युवा तथा खेलकुदमन्त्री मीन कृष्ण महर्जन, बागमती खेलकुद परिषद्को सदस्य रवि महर्जन लगायको उपस्थिति रहेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →