← समाचारमा फर्कनुस्
Football Sep 23, 2025 · Swadesh

नेपोलीको लगातार चौथो जित

नेपोलीको लगातार चौथो जित

डिफेन्डिङ च्याम्पियन नेपोलीले इटालीको सिरी ‘ए’ मा सोमबार आफ्नो शतप्रतिशत प्रदर्शन कायम राखेको छ । उसले यसै सिजन बढुवा भएर माथि उक्लेको पिसामाथि ३–२ को जित हात पारेको हो ।


यससँगै नेपोलीको चार खेलबाट १२ अंक भएको छ र लिग तालिकाको शीर्ष स्थानमा छ । यो दोस्रो स्थानमा रहेको युभेन्ट्समाथि दुई अंकको दूरी हो ।


नेपोलीका लागि बिली गिलमोरले ३९, लियानार्डो स्पिनजोलाले ७३ र लोरेन्जो लुकाले ८२ औं मिनेटमा गोल गरे । पिसाका तर्फबाट एबाला एनजोलाले ६० र लोरेनले ९० औं मिनेटमा गोल फर्काए । पिसाको चार खेलबाट एक अंक मात्र छ र १९ औं स्थानमा छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →