नविता र श्यान्टुको विजयी यात्रा शुरू

पेरिस ओलम्पिक २०२४ अन्तर्गत टेबलटेनिसको अन्तिम चरणको दक्षिण एसियाली छनोटमा नविता श्रेष्ठ र श्यान्टु श्रेष्ठले अपराजित रहे।
ग्रुप वानमा रहेका श्यान्टुले दोस्रो खेलमा बंगलादेशका रामहिमलियन बावनलाई ४-२ र माल्दिभ्सका अहमद अख्यारलाई ४-१ ले पराजित गरेका थिए । यस्तै महिला सिंग्लसतर्फ ग्रुप थ्री मा रहेकी नविताले दोस्रो खेलमा बंगलादेशकी सोनाम सोमा विरुद्ध ४-३ को रोमाञ्चक जित हात पारिन् । पहिलो सेट ११-८ ले आफ्नो पक्षमा पारेकी नविताले त्यसपछि लगातार तीन सेट गुमाएकी थिइन् । सोनामले ११-८, ११-९, ११-४ ले आफ्नो पक्षमा पार्दै ३-१ को अग्रता बनाएकी थिइन् । तर त्यसपछि नविताले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जितिन् । उनले ११-४, ११-६, ११-८ ले पाँचौ, छैटौं र सातौं सेट आफ्नो पक्षमा पार्दै खेल जितिन् । त्यसअघि नविताले पहिलो खेलमा पर्निया खानलाई ४-१ ले पराजित गरेकी थिइन् । यसैगरी पहिलो दिन महिला सिंगल्सतर्फ इभाना थापा मगरले पनि विजयी सुरुवात गरिन् । उनले ग्रुप टुको खेलमा श्रीलंकन इशारा मधुरांगीलाई ४-१ ले हराइन् । पुरुष सिंग्लसतर्फ संयोग कपालीको प्रदर्शन मिश्रीत रह्यो । उनले पहिलो दिन एक जित र एक हारको नतिजाको निकाले । ग्रुप टु को खेलमा संयोग कपालीले बंगलादेशका मोहुतासिन अहमद रिदोएलाई ४-१ ले पराजित गरे । संयोगले रिदोएलाई ११-८, ११-७, ३-११, १३-११, ११-८ ले पराजित गरे ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |