← समाचारमा फर्कनुस्
Volleyball Jun 04, 2024 · Swadesh

एनभिए भलिबल लिग : विभागीय टोलीका पाँचसहित सात खेल हुने

एनभिए भलिबल लिग : विभागीय टोलीका पाँचसहित सात खेल हुने

काठमाडौं। आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा मंगलबार विभागीय टोलीका पाँचसहित सात खेल हुने भएका छन्।

नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगितामा शनिबार, आइतबार र सोमबार महिला तथा पुरुषतर्फ ६/६ खेल भएका थिए।

प्रतियोगिताको चौथो दिन पुरुषतर्फ पहिलो खेल बिहान आठ बजे विभागीय टोली नेपाल पुलिस क्लब र कोशी प्रदेश खेलकुद विकास बोर्डबीच हुने छ। उक्त खेल सकिएसँगै गण्डकी प्रदेश भलिबल एसोसिएसनले बूढानीलकण्ठ भलिबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ।

दिउँसो १२ बजे अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम खेलकुद परिषद्सँग खेल्ने छ। पुरुषतर्फ अन्तिम खेल दिउँसो दुई बजे हुने छ। उक्त खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ भिड्ने छन्।

पुरुषतर्फ तेस्रो खेलसम्म अपराजित रहँदै हेल्प नेपालले नवौ अंक जोडेको छ। प्रतियोगितामा आर्मी, पुलिस र गण्डकी पनि अपराजित छन्। उनीहरूको पनि समान नवौ अंक रहेको छ। तर, सेटको आधारमा हेल्प नेपाल पहिलो, आर्मी दोस्रो, पुलिस तेस्रो र गण्डकी चौथो स्थानमा छ।

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले एक अंक जोड्दा सुदूरपश्चिम, कोशी र बूढानीलकण्ठ अंकविहीन छन्। पुरुषतर्फको खेल सक्किएसँगै अपरान्ह्र चार बजेदेखि महिलातर्फका खेल सुरु हुने छन्। पहिलो खेलमा एभरेस्ट भलिबल क्लब र चन्द्रगिरि नगरपालिका न्यु डायमन्डबीच प्रतिस्पर्धा हुने छ। यो खेल सकिएसँगै विभागीय डर्बीमा पुलिस र एपिएफ क्लब भिड्ने छन्। यो खेल बेलुका ६ बजे सुरु हुने छ। मंगलबारको अन्तिम खेलमा आर्मीले कर्णाली खेलकुद विकास परिषद्सँग खेल्ने छ।

महिलातर्फ दुई खेलमा अपराजित रहेको एभरेस्ट ६ अंकसहित शीर्षस्थानमा छ। दुई खेलमै अपराजित रहेको पुलिस र एपिएफ भने समान पाँच अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्। न्यू डायमन्ड र आर्मीको समान एक अंक रहेको छ भने कोशी अंकविहीन छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →