← समाचारमा फर्कनुस्
Volleyball Jun 05, 2024 · Swadesh

एनभिए भलिबल लिग : आज ६ खेल हुने

एनभिए भलिबल लिग :  आज ६ खेल हुने

काठमाडौं। आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा बुधबार पुरुष र महिलातर्फ गरी ६ खेल हुने भएका छन्।

नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगितामा शनिबार, आइतबार र सोमबार महिला तथा पुरुषतर्फ ६/६ खेल भएका थिए। मंगलबार भने सर्वाधिक ७ खेल भएका थिए।

पाँचौं दिन पहिलो खेल महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लब र कोशी खेलकुद विकास परिषद् हुने छ। यो खेल बिहान ८ बजे हुने छ।

यो खेल सकिएसँगै महिलातर्फ नै चन्द्रगिरि नगरपालिका न्यू डायमन्ड र विभागीय टोली त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने छ।

महिलातर्फका यी दुई खेल सकिएसँगै चार खेल पुरुषतर्फ हुने छन्। दिउँसो १२ बजे सुदूरपश्चिम खेलकुद परिषद्बीच खेल हुने छ।

२ बजे विभागीय डर्बीमा आर्मी र पुलिस भिड्ने छन्। यो खेल सकिएसँगै हेल्प नेपाल र गण्डकी प्रदेश भलिबल एसोसिएसनबीच खेल हुने छ।

बुधबारको अन्तिम खेलमा सशस्त्र प्रहरी बलको एपिएफ र बूढानीलकण्ठ भलिबल क्लबबीच प्रतिस्पर्धा हुने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →