एनभिए भलिबल लिगमा शुक्रबार ६ खेल

काठमाडौं। आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा शुक्रबार एक विभागीय डर्बीसहित ६ खेल हुने भएका छन्।
नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगितामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा मंगलबार (सर्वाधिक ७ खेल) बाहेक अरू दिन समान ६ खेल भएका थिए।
दिनको पहिलो खेलमा महिलातर्फ विभागीय डर्बीमा सशस्त्र प्रहरी बलको एपिएफ र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्। यो खेल बिहान ८ बजे सुरु हुनेछ।
यो खेल सकिएसँगै महिलातर्फ नै एभरेस्ट भलिबल क्बल र नेपाल पुलिस क्लब भिड्ने छन्।
दिउँसो १२ बजेपछि पुरुषतर्फको खेल हुनेछ। पुरुषतर्फको पहिलो खेलमा कोशी प्रदेश खेलकुद विकास बोर्डले बूढानीलकण्ठ भलिबल क्लबसँग खेल्नेछ।
यो खेल सकिएलगत्तै एपिएफले सुदूरपश्चिम खेलकुद परिषद्सँग प्रतिस्पर्धा गर्नेछ। दिउँसो चार बजे हेल्प नेपाल र आर्मी भिड्नेछन् । दिनको अन्तिम खेलमा भने पुलिस क्लबले गण्डकी प्रदेश भलिबल एसोसिएसनसँग खेल्नेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |