← समाचारमा फर्कनुस्
Volleyball Dec 27, 2025 · Swadesh

एनभीए च्याम्पियनसिप: आज पनि चार खेल हुँदै

एनभीए च्याम्पियनसिप: आज पनि चार खेल हुँदै

काठमाडौं। नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत शनिबार चार खेल आयोजना हुँदैछन्।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने दिनको पहिलो खेल महिलातर्फ बिहान ९ बजे चुली युवा क्लब र न्यु डायमन्ड स्पोर्ट्स एकेडेमीबीच हुनेछ।


दोस्रो खेल बिहान ११ बजे विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेश भलिबल संघबीच प्रतिस्पर्धा हुनेछ।


पुरुषतर्फ दिउँसो १ बजे आर्मी क्लब र खिल्जी युवा क्लब आमनेसामने हुनेछन्। त्यसैगरी, दिउँसो ३ बजे रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर र बुढानिलकण्ठ भलिबल क्लबबीच खेल हुनेछ।


आगामी पुस १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल २० टोलीको सहभागिता रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →