← समाचारमा फर्कनुस्
एनभिए भलिबल च्याम्पियनसिपको पहिलो दिन चार खेल

काठमाडौँ। नवौँ महिला तथा पुरुष भलिबल लिग च्याम्पियनसिपको पहिलो दिन चार खेल आयोजना हुँदैछन्।
नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सञ्चालन हुनेछ।
महिलातर्फको पहिलो खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश स्पोर्ट्स परिषद्बीच बिहान ९ बजे प्रतिस्पर्धा हुनेछ। त्यसपछि हुने दोस्रो खेलमा एभरेस्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।
दिनको तेस्रो खेल पुरुषतर्फको पहिलो खेल हुनेछ, जसमा नेपाल पुलिस क्लब र ढोरपाटन स्पोर्ट्स क्लब आमनेसामने हुनेछन्।
दिनको अन्तिम तथा प्रतियोगिताको उद्घाटन खेलमा हेल्प नेपाल भलिबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
महिला तथा पुरुष गरी कुल २० टोलीको सहभागिता रहेको प्रतियोगिता आगामी १९ गतेसम्म सञ्चालन हुनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women