एनभीए च्याम्पियनसिप : समूह चरणका अन्तिम चार खेल

काठमाडौँ। नेपाल भलिबल संघको आयोजनामा जारी नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत बुधबार पनि चार खेल हुँदैछ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने दिनको पहिलो खेलमा महिलातर्फ समूह 'बी' को नेपाल पुलिस क्बले मधेस प्रदेशसँग बिहान १० बजे खेल्नेछ। पुलिसले आफ्नो समूहका सुरुआती दुवै खेलमा जित हात पारेको छ भने मधेसले दुवै खेल घुमाएको छ।
दोस्रो खेलमा १२ बजे समूह 'ए' को एभरेष्ट भलिबल क्बलले युवा क्बलसँग खेल्ने। दुवै टोलीले आफ्नो समूहका दुवै खेलमा पराजय ब्यहोरेका छन्।
दिउँसो २ बजेबाट सुरु हुने पुरुषतर्फको खेलमा बुढानिलकण्ठ भलिबल क्लबले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरसँग खेल्नेछ। यी दुवै टोली समूह 'सी'को खेलमा रुकुम पश्चिमसँग पराजित भएका थिए।
४ बजेबाट सुरु हुने दिनको अन्तिम खेलमा समूह 'डी' को कोशी प्रदेशले क्रीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरसँग खेल्नेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |