TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Volleyball Jan 02, 2026 · Swadesh

एनभीए च्याम्पियनसिप : आज सेमिफाइनलको रोमाञ्च, चार खेल हुँदै

एनभीए च्याम्पियनसिप : आज सेमिफाइनलको रोमाञ्च, चार खेल हुँदै

काठमाडौँ। नेपाल भलिबल संघको आयोजनामा राजधानीमा जारी नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत आज सेमिफाइनलका चार खेल हुँदैछन्।


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा महिलातर्फ दिनको पहिलो सेमिफाइनल खेल बिहान ९ बजे सुरु हुनेछ। यस खेलमा समूह ‘ए’ की विजेता न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले समूह ‘बी’ की उपविजेता विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ।


महिलातर्फकै दोस्रो सेमिफाइनलमा दिउँसो १२ बजे विभागीय डर्बी हुने छ। साविक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुनेछन्। आर्मी समूह ‘ए’ को उपविजेता तथा पुलिस समूह ‘बी’ की विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्।


पुरुषतर्फ दिउँसो २ बजे हुने पहिलो सेमिफाइनलमा हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्। क्वाटरफाइनलमा पुलिसले कोशी प्रदेशलाई पराजित गर्दा हेल्प नेपालले बूढानीलकण्ठ भलिबल क्लबलाई हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्।


पुरुषतर्फकै अन्तिम सेमिफाइनलमा दिउँसो ४ बजे त्रिभुवन आर्मी क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रबीच प्रतिस्पर्धा हुनेछ। रुकुम पश्चिमले एपीएफ क्लबलाई तथा आर्मीले खिल्जी भलिबल क्लबलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेका हुन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →