एनभीए भलिबल च्याम्पियनसिप : उद्घाटन खेलमा हेल्प नेपाल र एपीएफ भिड्ने

काठमाडौं। नवौं संस्करणको एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सुरुवातमै विभागीय टोली नेपाल पुलिस क्लबका दुवै टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाल भलिबल संघको वार्षिक कार्यतालिका अनुसार आयोजना हुने यो प्रतियोगिता पुस ११ देखि १९ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्ड हल, त्रिपुरेश्वरमा सञ्चालन हुनेछ।
प्रतियोगिताको पहिलो दिन बिहान ९ बजे महिलातर्फ नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ। त्यसपछि दिउँसो १ बजे पुरुषतर्फ पुलिस टोली ढोरपाटन क्लबविरुद्ध प्रतिस्पर्धामा उत्रिनेछ। सोहि दिन दिउँसो ३ बजे हेल्प नेपाल र एपीएफ क्लब पुरुष टिमको उद्घाटन खेल हुनेछ।
महिलातर्फ ११ एभरष्ट महिला भलिबल क्लब र आर्मी भिड्ने छन्।
च्याम्पियनसिपमा पुरुष तर्फ १२ र महिला तर्फ ८ टोली गरी कुल २० टोलीको सहभागिता रहने नेपाल भलिबल संघले जनाएको छ।
यस प्रतियोगिताबाट पुरुषतर्फ शीर्ष ८ तथा महिलातर्फ शीर्ष ६ टोली १०औँ प्रधानमन्त्री कप एनभीए लिगका लागि छनोट हुनेछन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women