← समाचारमा फर्कनुस्
Other Sports Aug 26, 2026 · Swadesh

एनएसएसएफ र नेपाल क्लाईम्विङ स्पोर्ट संघबीच सम्झौता

एनएसएसएफ र नेपाल क्लाईम्विङ स्पोर्ट संघबीच सम्झौता

नेपाल विद्यालय खेलकुदमा महासंघ (एनएसएसएफ) र नेपाल क्लाईम्बिङ स्पोर्ट एसोसिएसन (एनसीएसए) बीच सम्झौता सम्पन्न भएको छ ।

बुधबार आयोजित एक कार्यक्रम बीच एनएसएसएफ र नेपाल क्लाईम्विङ स्पोर्ट संघबीच विद्यालयस्तर देखि नै यस खेलको विकास गर्ने उदेश्यसहित सम्झौता भएको हो ।

सम्झौता पत्रमा एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठ र नेपाल क्लाईम्विङ स्पोर्ट संघका अध्यक्ष रमेशकुमार पौडेलले हस्ताक्षर गरे ।

यस सहकार्यले विद्यालयस्तरमा क्लाईम्विङ स्पोट्र्सको प्रवद्र्धन, विकास र विस्तार गर्दै एनएसएसएफ तथा अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट फेडेरेसन (आईएसएफ) का प्रतियोगिताहरूमा यसको सहभागितालाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।
यो सम्झौता नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्लाईम्विङ स्पोट्र्सको विकास र विस्तारका लागि महत्वपूर्ण कदम भएको दुवै पक्षको भनाई छ ।

एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठले यो सम्झौता एउटा सामान्य हस्ताक्षर मात्र नभई क्लाईम्विङ स्पोट्र्सलाई विद्यालय तहदेखि नै विकास गर्ने लक्ष्यमा एउटा महत्वपूर्ण सुरुवात भएको बताए । उनले यस खेलमार्फत नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास राखे ।

अध्यक्ष पौडेलले नेपालमा क्लाईम्विङ स्पोट्र्सको सम्भावना व्यापक रहेको र एनएसएसएफसँगको सहकार्यले यस खेलको विकासमा सहयोग पुग्ने बताए । साथै उनले स्कुल स्तरबाटै क्लाईम्विङ खेलको विकास गर्दै अघि बढेमा मात्र राम्रो भविष्य हुने बताए ।

एनएसएसएफका महासचिव राजकुमार कार्कीले यस सहकार्यले ग्रासरुटमा भईरहेको विभिन्न क्लाईम्बिङ स्पोट्र्स गतिविधिलाई पहिचान गरि भविष्यमा राम्रो खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →