एनएसजेएफ कपको उपाधि रिपोर्टर राइनोजलाई

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने ‘एनएसजेएफ कप’ फुटसलको उपाधि रिपोर्टर राइनोजले जितेको छ ।
बिहीबार काठमाडौ शेषमतीस्थित टिपटोइ स्पोट्र्स एकेडेमीमा भएको फाइनलमा रिपोर्टर नाइनोजले बाइलाइन बान्डिट्सलाई ६–३ ले हरायो ।
रिपोर्टरको जितमा नायक पौडेलले ह्याट्रिक गरे । अभिनव जोशी र निर्मल खड्काले समान एक गोल गरेका हुन् । उपविजेता बाइलाइनको लागि अमनप्रताव अधिकारीले दुई गोल गर्दा अनुप महर्जनले एक गोल फर्काएका थिए ।
एकदिने प्रतियोगितामा कूल चार टिम सहभागी भएका थिए । हेडलाइन हुरिक्यान्स र फ्युचर फ्यान्टम्स समूह चरणबाटै बाहिरिए । रिपोर्टर र बाइलाइनले समान ६ अंक जोड्दै सिधै फाइनलमा स्थान बनाएका हुन् । हेडलाइनको चार अंक रहँदा बाइलाइन भने मात्र एक अंकमा सिमित रह्यो ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी च्याम्पियन रिपोट्रका नायक पौडेल चुनिए । यस्तै, सर्वाधिक गोलकर्ता पनि रिपोर्टरकै अभिनव जोशी घोषित भए । उनले कूल १० गोल गरेका थिए ।

यस्तै, उदीयमान खेलाडी हेडलाइनका शिशिर बस्नेत, सर्वाेत्कृष्ट गोलकिपर उपविजेता बाइलाइनका जेनिश बाडे र उत्कृष्ट महिला खेलाडी मुना कार्की घोषित भएका हुन् ।
प्रतियोगितामा विजेता र उपविजेतासहित उत्कृष्ट खेलाडीलाई एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारी, महासचिव अञ्जन खड्का, पूर्वअध्यक्षद्वय अजय फुयाल तथा महेश आचार्य, टिपटोइ स्पोट्र्स एकेडेमीका संचालन गौरव बस्नेत र सिइओ सुवास न्यौपानेले पुरस्कृत गरेका थिए ।
यसबीच एनएसजेएफ र टिपटोइ स्पोट्र्स एकेडेमीबीच मैत्रीपूर्ण खेल आयोजना भएको थियो । निर्धारित समयको खेल ३–३ को बराबरीमा सम्पन्न हुँदा सेडनडेथमा टिपटोइ विजयी भएको हो ।
एनएसजेएफका अध्यक्ष अधिकारीले आगामी भदौं १८ गते हुने पल्सर स्पोट्र्स अवार्डको तयारी तथा खेलकुद पत्रकारबीच भाइचारा सम्बन्ध विस्तारको लागि एकदिने प्रतियोगिता आयोजना गरेको बताए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |