← समाचारमा फर्कनुस्
Other Sports Sep 07, 2025 · Swadesh

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डमा नासा सेक्युरिटिजको सहकार्य

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डमा नासा सेक्युरिटिजको सहकार्य

काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको २२औं संस्करणमा नासा सेक्युरिटिज पनि जोडिएको छ । 


यही भदौ २९ गते पोखरामा हुने अवार्ड कार्यक्रममा नासा सेक्युरिटिज शेयर ट्रेडिङ पार्टनर को रुपमा जोडिएको हो । सहकार्यसम्बन्धी सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र नासा सेक्युरिटिजका प्रवन्ध निर्देशक मदन पौडैलले हस्ताक्षर गरेका छन् । 


सम्झौताअनुसार नासा सेक्युरिटिजले गरेको प्रायोजनबापत मञ्चले नासालाई शेयर ट्रेडिङ पार्टनरको स्थान दिनेछ ।नासा सेक्युरिटिजका प्रवन्ध निर्देशक पौडैलले नेपाली खेलकुदकै प्रतिष्ठित अवार्ड कार्यक्रमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । ‘‘खेलाडीहरुलाई सम्मान गर्ने देशकै उत्कृष्ट कार्यक्रममा सहकार्य गर्न पाउँदा हामी उत्साहित छौं । 


पहिलो पटक काठमाडौंबाहिर हुन गईरहेको यस अवार्डलाई भव्य सफलताको शुभकामना छ,’’ पौडेलले बताए ।मञ्च नेपाली खेल पत्रकारहरूको छाता संगठन हो । ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१’ को तयारी तीव्र गतिमा भइरहेको मञ्चले जनाएको छ । 


अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ भने प्रवर्धकमा पोखरा महानगरपालिका रहेको छ । यसपटक अवार्डमा भोटिङ पार्टनरमा खल्ती, पोसाक पार्टनरमा केल्मी नेपाल र अफिसियल होटलमा मझेरी रिसोर्ट एण्ड स्पा रहेका छन् । अन्य सहप्रायोजकमा सूर्य नेपाल प्रालि, प्लाजा ग्रुपको अफ होटल, रोयल सिंगी होटल, म्याजिस्टिक होटल, हिमश्री फुड्सलगायत छन् ।एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा १० विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेको छ ।  


खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा परेका खेलाडी विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) का लागि सामाजिक सञ्जालमा व्यापक चर्चासँगै डिजिटल वालेट खल्ती आईएमई एपमार्फत भोटिङ पनि भइरहेको छ । पिपल्स च्वाइससहित वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र युवाका गरी पाँच विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →