TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Other Sports Mar 17, 2026 · Swadesh

पोखरामा दुईदिने खेलकुद पत्रकारिता तालिम सम्पन्न

पोखरामा दुईदिने खेलकुद पत्रकारिता तालिम सम्पन्न

पोखरामा खेलकुद पत्रकारको क्षमता अभिबृद्धिका लागि दुईदिने खेलकुद पत्रकारिता तालिम सम्पन्न भएको छ। 


नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा तालिमको आयोजना भएको हो। पोखरामा रहेर काम गरिरहेका पत्रकारहरूलाई विभिन्न विधाका खेलका रिपोर्टिङ कसरी गर्ने र कस्ता नियम छन् भन्ने बारेमा प्रशिक्षण दिइएको थियो।


विशेष गरि खेलकुदको क्षेत्रमा कलम चलाउन मद्दत पुग्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको हो। दुईदिने तालिममा राष्ट्रिय खेल भलिबलका प्रशिक्षक राजन पौडेल, क्रिकेटका अन्तर्राष्ट्रिय अम्पायर दुर्गानाथ सुवेदी, गल्फ विधामा जिवाराम गुरुङ्ग, मार्शलआर्ट विधामा प्रशिक्षक सुवास खड्का र फुटबल विधामा प्रशिक्षक हिमेश रत्न बज्राचार्यले प्रशिक्षण दिएका थिए।


तालिमको समापनका अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले तालिमले विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको क्षमता वृद्धि सँगै लेखन शैलीमा निखार ल्याउने बताए। तालिममा ६५ जना पत्रकारको सहभागिता रहेको थियो।


तालिमपश्चात् प्रमुख प्रशिक्षक दुर्गानाथ सुवेदीले खेलाडीहरूको उत्साहसँगै उनीहरूको लगनशीलता र मेहनतलाई देखाउने माध्यम नै खेल पत्रकार रहेको बताए। उनले खेलका नियम र सिस्टमलाई राम्रोसँग बुझेर प्रसारण गर्नका लागि यस तालिमले महत्त्वपूर्ण भूमिका खेलेको सुनाए।


गण्डकी प्रदेशमा रहेर खेल्ने खेलाडी, खेल प्रशिक्षक, खेलकुदका संघ संस्था र सरोकारवालाहरूका लागि यस्ता तालिमले खेलकुदको विकाससँगै खेल पर्यटनको प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान दिने उनले बताए। यस्तै पत्रकार कमल पौडेल (अथक) ले प्रत्यक्ष खेल भइरहेकै ठाउँमा समेत पुगेर तालिम लिने अवसर पाएकोमा खुसी व्यक्त गर्दै तालिमले लेखन शैलीमा निखार आउने र खेलकुदका समाचार बनाउँदा हुने समस्यामा कमी आउने बताए।


मञ्चका अध्यक्ष मान बहादुर घर्तिमगर (एमबि आस्था) ले दुईदिनसम्म सञ्चालन भएको तालिमबाट केही न केही नयाँ ज्ञान प्राप्त भएको विश्वास व्यक्त गरे। उनले आगामी दिनमा खेलकुद सम्बन्धी समाचार उत्पादन तथा प्रसारणमा सहजता ल्याउने चर्चा गर्दै तालिमका प्रशिक्षक तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे। 


प्रशिक्षार्थीहरुलाई खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, मञ्चका सल्लाहकार सुरज श्रेष्ठ, पूर्व अध्यक्ष प्रेम नारायण न्यौपाने, उपाध्यक्ष राजाराम पौडेल संगै प्रशिक्षकहरु दुर्गानाथ सुवेदी, हिमेश रत्न बज्राचार्य, सुबास खड्का लगायतले प्रमाणपत्र प्रदान गरेका थिए। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →