← समाचारमा फर्कनुस्
Other Sports Sep 09, 2024 · Swadesh

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : खेलाडी तथा प्रशिक्षकको मनोनयन सार्वजनिक

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : खेलाडी तथा प्रशिक्षकको मनोनयन सार्वजनिक

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक बर्ष आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको खेलाडी तथा प्रशिक्षकको मनोनय सार्वजनिक भएको छ।

यस वर्ष उत्कृष्ट पुरुष वर्ष खेलाडीको मनोनयनमा अनन्त तामाङ (फुटबल), रोहितकुमार पौडेल ( क्रिकेट), दीपेन्द्रसिंह ऐरी (क्रिकेट), मोहम्मद शेखु आलम (कराते) र सुवास तामाङ (गल्फ) परेका छन्। 

यस्तै महिला उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा एरिका गुरुङ (कराते), मेनुको राजवंशी (कबड्डी), रुबिना क्षेत्री (क्रिकेट), सावित्रा भण्डारी (फुटबल) र सन्तोषी श्रेष्ठ (एथलेटिक्स) परेका छन्।

युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्त पाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनीरा थापा (टेनिस) परेका छन्।

वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) परेका छन्।

यस पटक पिपल्स च्वाइस विधाको मनोनयनमा गुलसन झा (क्रिकेट), कविता भट्ट (भलिबल), मानमती विष्ट (कबड्डी), प्रीति राई (फुटबल) र श्रीराम श्रेष्ठ (रग्बी) परेका छन्। उनीहरूको भोटिङका लागि प्रचारप्रसार तीव्र भइरहेको छ।

स्पोर्ट्स अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने कार्यक्रमकै दिन भदौ २८ गते प्रज्ञा- भवनमा हुनेछ। गत वर्ष पुरुषतर्फ एथलेटिक्सका दीपक अधिकारी, महिलातर्फ एथलेटिक्सकी राजपुरा पछाईं, युवातर्फ क्रिकेटका देव खनाल र प्रशिक्षकतर्फ एथलेटिक्सका चन्द्र गुरुङ अवार्ड जितेका थिए।

यस पटक वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेतालाई पल्सर एनएस २०० मोटरबाइक प्रदान गरिनेछ। यस्तै पिपल्स च्वाइस विधाको विजेताले पल्सर एनएस ४०० मोटरबाइक जित्नेछन्। अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ र गिफ्ट हयाम्पर प्रदान गरिन्छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →