← समाचारमा फर्कनुस्
Other Sports Sep 08, 2025 · Swadesh

पल्सर स्पोर्ट्स अवार्डलाई केल्मीको साथ

पल्सर स्पोर्ट्स अवार्डलाई केल्मीको साथ

काठमाडौं। खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१’ को २२औं संस्करणका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको स्पोटर््स नेपालको आधिकारिक विक्रेता कामरु टे«डिङ प्राली (केल्मी स्पोटर््स) सँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ ।


२०६० सालदेखि हुँदै आएको यस अवार्ड पहिलोपल्ट राजधानी बाहिर गरिँदैछ । आगामी भदौ २९ गते पोखरा इभेन्ट सेन्टर, पोखरामा हुने ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको सहप्रायोजनका लागि मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र कामरु ट्रेडिङ प्रालि (केल्मी स्पोटर््स नेपाल) का प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । कामरुका निर्देशक न्यौपानेले स्पोर्ट्स अवार्डसँग सहकार्य गर्न पाएकोमा आभार व्यक्त गर्दै नेपालको खेलकुद विकास र प्रवद्र्धनमा सदैव साथमा रहने बताउनुभयो । कामरु ट्रेडिङ प्राली अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीबाट उत्पादित सामग्रीको बिक्रीवितरण गर्ने नेपालको आधिकारिक संस्था हो ।


सहप्रायोजकवापत केल्मी नेपालले अवार्डमा मञ्चका सदस्यका लागि केल्मी ब्रान्डको पोशाक उपलब्ध गराउनेछ । पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पाँच विधा पिपल्स च्वाइस अवार्ड, वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा र वर्ष उत्कृष्ट प्रशिक्षक विधाको समान पाँचजना मनोनयन छन् । पिपल्स च्वाइस विधाको मनोनयनमा विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) छन् । उनीहरूको भोटिङ डिजिटल वालेट खल्ती बाई आइएमइबाट भइरहेको छ ।


त्यसबाहेक आयोजक नेपाल खेलकुद पत्रकार मञ्चको आधिकारिक फेसबुक पेज ल्क्व्ँ एगकिबच क्उयचतक ब्धबचम र मुख्य प्रायोजक गोल्छा ग्रुप फेसबुक पेज एगकिबच ल्भउब िबाट लाइक, सेयर र कमेन्ट गरेर पनि भोट गर्न सकिन्छ । त्यसबाहेक नेपाल ओलम्पिक कमिटीमा आबद्ध खेलकुद संघका प्रमुख प्रशिक्षक र मञ्चका सदस्यले मत दिन पाउनेछन् । मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ को तयारीमा तीव्रता दिइएको छ । अवार्डको मुख्य प्रायोजकमा गोल्छा गु्रपको निरन्तरता छ भने प्रवर्धकमा पोखरा महानगरपालिकाको साथ रहेको छ ।


अवार्डमा भोटिङ पार्टनरमा खल्ती, पोसाक पार्टनरमा केल्मी नेपाल र अफिसियल होटलमा मझेरी रिसोर्ट एन्ड स्पा छन् । अन्य सहप्रायोजकमा सूर्य नेपाल प्राली, प्लाजा गु्रप अफ होटल, रोयल सिंगी होटल, म्याजिस्टिक होटल र हिमश्री फुड्सलगायत छन् । एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा १० विधामा अवार्ड प्रदान गरिनेछ । अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ । पिपल्स च्वाइस, वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र युवाका गरी पाँच विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् । अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →