← समाचारमा फर्कनुस्
Volleyball Sep 14, 2024 · Swadesh

कवितालाई पिपल्स च्वाइस अवार्ड

कवितालाई पिपल्स च्वाइस अवार्ड

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी छन्।‌ 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले शुक्रबार आयोजनामा भएको उक्त कार्यक्रममा भट्टले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत अवार्ड हात जितेकी हुन्। 

कविताले सर्वाधिक ५६ प्रतिशत मत प्राप्त गरिन् । यस अवार्डको मनोनयनमा कबड्डीकी मानमती बिष्ट, फुटबलकी प्रीति राई, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा थिए ।

पिपल्स च्वाइस विजेता कविताले पल्सर एनएस ४०० मोटर साइकल जितिन्। उनलाई  नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अवार्ड प्रदान गरे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →