← समाचारमा फर्कनुस्
Football Aug 13, 2026 · Swadesh

राखेप फिफा र एएफसीसँग सहकार्य गर्दै

राखेप फिफा र एएफसीसँग सहकार्य गर्दै

राष्ट्रिय खेलकुद परिषदको बिहीबार बसेको १ सय २५ औं बोर्ड बैठकले नेपाली फुटबलको विवादबारे कुनै ठोस निर्णय गरेन्, त्यसको स्थानमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) सँग सहकार्य गर्ने निर्णय गरेको छ ।

बैठकको एक एजेन्डाका रूपमा नेपालमाथि फिफाले लगाएको प्रतिबन्ध पनि रहेको थियो । यसबीच राखेपले तदर्थ कमिटी गठन गर्दैछ भन्ने हल्ला पनि सुनिएको थियो । तर बैठकमा त्यस्तो केही पनि भएन् ।

राखेपले निकालेको प्रेस विज्ञप्तीमा सुर्खेतमा हुने राष्ट्रिय खेलकुदबारे भएको निर्णय मात्र उल्लेख छ । बोर्डका एक सदस्यका अनुसार बैठकमा सहभागी भएका मन्त्री सस्मित पोखरेल र राखेप सदस्य सचिव रामचरित्र मेहताले नेपाली फुटबल विवाद फिफा र एएफसीको कार्यसमितिमा लगेर निर्णय गर्ने बताएका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →