← समाचारमा फर्कनुस्
एनआरटी र आर्मी भिड्दै

गाईघाट। एन्फा महिला च्याम्पियनसिप अन्तर्गत क्वाटरफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र न्यू रोड टिम (एनआरटी) सोमबार आमनेसामने हुँदैछन्।
उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा हुने खेल दिउँसो ३:३० बजेबाट सुरु हुनेछ।
प्रि–क्वाटरफाइनलमा एनआरटीले घरेलु टोली गाईघाट एफसी लाई २–० ले पराजित गर्दै आर्मीसँगको भेट पक्का गरेको हो। आर्मी भने बाइ पाउँदै सिधै क्वाटरफाइनलमा पुगेको थियो।
यस खेलको विजेताले सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिस क्लब सँग प्रतिस्पर्धा गर्नेछ। पुलिसले आफ्नो पहिलो खेलमा रियाले एफसी लाई १०–० को फराकिलो अन्तरले हराएको थियो।
आगामी ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने एन्फाले जनाएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women