← समाचारमा फर्कनुस्
एनआरटी महिला लिग छनोट नजिक

काठमाडौं। न्युरोड टिम एनआरटी एन्फा राष्ट्रिय महिला लिगको छनोट नजिक पुगेको छ।
च्यासल रंगशालामा बुधबार बुटवल लुम्बिनी एफसी महिला टिमलाई २-० ले पराजित गर्दै छनोट नजिक पुगेको हो।
एनआरटीको जितमा जुना तामाङ र प्रतीक्षा ठकुरीले गोल गरिन्। ६६औं मिनेटमा जुनाको गोलमार्फत एनआरटीले सुरुआती अग्रता लिएको थियो। ८४औं मिनेटमा प्रतीक्षाले अर्को गोल थप्दै जित पक्का गर्दिइन्।
जितसँगै समूह 'बी' को एनआरटीले ५ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा यथावत् रहेको छ। समान खेलबाट ९ अंक रहेको झापा तेस्रो स्थानमा छ भने १५ अंकसहित संकटा यसअघि नै छनोट भइसकेको छ।
अब एनआरटी एक खेल खेल्न बाँकी छ। उक्त खेल बराबरीको नतिजाले पनि एनआरटी छनोट हुनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |