← समाचारमा फर्कनुस्
Other Sports Jan 18, 2025 · Swadesh

नेपाल कबड्डी लिग : काठमाडौं माभरिक्सको विजयी सुरुआत

नेपाल कबड्डी लिग : काठमाडौं माभरिक्सको विजयी सुरुआत

काठमाडौं माभरिक्सले नेपाल कबड्डी लिग (एनकेएल) मा विजयी सुरुआत गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न उद्घाटन खेलमा काठमाडौंले पोखरा लेकर्सलाई ४२–४१ ले पराजित गरेको हो। 

काठमाडौंले खेलको सुरुआतदेखि नै अग्रता लिएको थियो। तर, एक समय पोखरा कमब्याक गर्दै ६–८ को स्थितिमा फर्कियो। तर, काठमाडौंका कप्तान तथा घनश्याम रोक्कामगरले सुपर ट्याकल गरेसँगै पोखरासँग काठमाडौंले अग्रता दोब्बर बनायो। पोखरा खेलको १०औं मिनेट नबित्दै अलआउट भएको थियो।  पहिलो हाफमै पोखरा दुईपल्ट अलआउट हुन पुग्यो। योसँगै काठमाडौं पहिलो हाफमा १४–२५ को फराकिलो अग्रता लिन सफल भयो। 

दोस्रो हाफको मध्यतिर भने पोखरा खेलमा पुनरागमन गर्‍यो। खेल सकिन अन्तिम ६ मिनेट बाँकी रहँदा पोखरा ३२–३६ को स्थितिमा आइपुग्यो। सोही समय कप्तान घनश्यामलाई पोखराले सहजै रोक्यो। लगत्तै पोखराका रोहन श्रेष्ठले आफ्नो रेडमा तीन जनालाई आउट गर्दै खेल ३६–३६ को स्थितिमा ल्याए। त्यसपछि पोखराले काठमाडौंमाथि निरन्तर दबाबमा राख्दै खेल ४०–३८ को स्थितिमा ल्यायो। यद्यपि, घनश्यामले आफ्नो अनुभव कोर्टमा खन्याउँदै अन्तिम दुई मिनेट बाँकी रहँदा तीन खेलाडीलाई रेडमा आउट गर्दै काठमाडौंलाई पुनरागमन गराए। 

जितसँगै काठमाडौंले पाँच अंक जोडेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →