← समाचारमा फर्कनुस्
जनकपुरको विजयी यात्रा जारी

काठमाडौँ । केबी साम नेपाल कबड्डी लिग (एनकेएल) मा जनकपुर नाइट्सले विजयी यात्रा जारी राखेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार भएको खेलमा जनकपुर नाइट्सले विराटनगर ब्यान्डिट्सलाई ४०–३८ को स्कोरमा पराजित गरेको हो। जितसँगै जनकपुरले जारी प्रतियोगितामा तीन खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।
पहिलो हाफ सकिदा जनकपुर २२–१५ अंकले पछि परेको थियो। तर, दोस्रो हाफमा शानदार पुनरागमन गर्दै रोमाञ्चक जित हासिल गर्यो।
एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स सहभागि छन्।
राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन्, जहाँ इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |