एनकेएललाई ७५ लाखको प्रायोजन

काठमाडौं । एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी लिग (एनकेएल) को लागि ‘टाइटल स्पोन्सर’ को रुपमा केबी सामलाई भित्र्याएको छ। फ्रेन्चाइज टिमको अवधारणामा आयोजित प्रतियोगिता अब ‘केबी साम नेपाल कबड्डी लिग’को नामले सञ्चालन हुनेछ।
नेपाली कबड्डीमा हालसम्मकै सबभन्दा ठूलो प्रतियोगिताको रुपमा केबी साम एनकेएलको पहिलो संस्करण दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार सुरु हुँदैछ, जहाँ ६ सहरका ६ वटा टिमले राउन्ड रोकिन लिग र नकआउट चरण गरी माघ १८ गतेसम्म प्रतिस्पर्धा गर्नेछन्। यसै प्रतियोगिताको टाइटलस स्पोन्सरको सम्झौता एक कार्यक्रमवीच वुधबार भयो।
टाइटल स्पोन्सरको सम्झौतापत्रमा केबी साम एनकेएलको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमितकुमार बेगानी र केबी सामका मार्केटिङएन्ड सेल्सका प्रमुख रुपेश थापाले हस्ताक्षर गरे। एस्ट्रोनिक्स म्यानेजमेन्टले एनकेएलको लागि केबी साम आल्मुनियम उत्पादक कम्पनीसँग तीन वर्षे सम्झौता गरेको हो।
सम्झौताअनुसार केबी सामले बार्षिक ७५ लाख रुपिया एनकेएललाई दिनेछ। यो रकम नेपाली खेलकुद इतिहासकै चौथो ठूलो रकम हो। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट, सहिद स्मारक ए डिभिजन लिग र सूर्य नेपाल गल्फ टुरपछिको सबभन्दा ठूलो प्रायोजन हो। वीरगंजमा कारखाना रहेको केबी सामले २५ वर्षयता देशका सबै जिल्लामा आल्मुनियमको व्यवसाय गर्दै आएको छ।
एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन बेगानीले भने, ‘यो पहिलो वर्ष हो, लगानीको वर्ष हो। नेपाललमा २५–३० हजारले कबड्डी खेल्छन्। हामीसँग उच्चस्तरका खेलाडी छन्। यसले नेपालमा कबड्डीको राम्रो संभावना भएको देखाउँछ। यसैका लागि केबी सामले साथ दिएको हो।’
केबी सामका मार्केटिङएन्ड सेल्सका प्रमुख रुपेश थापाले भने, ‘पूर्वमेचीदेखि पश्चिम महाकलीसम्म केबी साम विस्तारित छ। कबड्डीमा गरिएको लगानीले कम्पनीको प्रवद्र्धनमा पनि साथ दिनेछ। त्यसैले एनकेएलमा स्पोन्सर गर्दा केबी साम र कबड्डी दुवैलाई फाइदा हुन्छ।’
‘नो योर गेम्स’
केबी साम एनकेएलको पूर्वसन्ध्यामा वुधबारै नेपाल खेलकुद पत्रकार मञ्चले ‘नो योर गेम्स’ सञ्चालन गर्यो। उक्त कार्यक्रममा एनकेएलका टेक्निकल डिरेक्टर प्रसाद रावले कबड्डीको प्राविधिक पक्ष, नियम र प्रचलनबारे जानकारी दिएका थिए। उनी भारतको प्रो कबड्डी लिग (केपीएल) का पनि टेक्निकल डिरेक्टर हुन्। त्यस्तै अखिल नेपाल कबड्डी संघका सचिव तर्कराजज भट्टले नेपाली कबड्डीको अवस्थाबारे बताएका थिए।
नेपाली राष्ट्रिय पुरुष टिमका कप्तान घनश्याम रोका मगरसहित एनकेएलका केही खेलाडी प्रो कबड्डी लिगका अनुभवी छन्। उनले यो सिजनको प्रो कबड्डी लिग हरियणा स्टिलर्सबाट खेल्दै दुई साताअघि उपाधि जितेका थिए। एनकेएलमा स्वदेशी ६६ र बिदेशी १८ खेलाडी छन्। थाइल्यान्ड र बंगलादेशका ६–६, श्रीलंकाका र केन्याका ३–३ जना छन्। हरेक टिममा स्वदेशी–बिदेशी गरी १४ खेलाडी छन्।
एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स सहभागि छन्। राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन्, जहाँ इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ। उद्घाटन खेलमा काठमाडौं माभरिक्स र पोखरा लेकर्स भिड्नेछन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |