← समाचारमा फर्कनुस्
Football Sep 19, 2025 · Swadesh

मोउरिन्होः बेनफिकाबाट फेरि बेनफिका

मोउरिन्होः बेनफिकाबाट फेरि बेनफिका

बेनफिकाले बिहीबार जोसे मोउरिन्होलाई आफ्नो प्रशिक्षकमा नियुक्त गरेको छ । यससँगै मोउरिन्हो २१ वर्षपछि फुटबल प्रशिक्षकका रूपमा आफ्नो देश फर्केका छन् । उनले अन्तिम पटक पोर्चुगलमा पोर्टो सम्हालेका थिए । सन् २००४ मा चेल्सीको जिम्मेवारी सम्हाल्न उनले पोर्चुगल छाडेका थिए ।


पछिल्लो अगस्टमा टर्कीको फेनेबाचेले ६२ वर्षीय प्रशिक्षकलाई वर्खास्त गरेको थियो । फेनेबाचे च्याम्पियन्स लिग छनोटको प्ले–अफमा बेनफिकासँगै पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो । बेनफिकाले भने च्याम्पियन्स लिगमै अजरबैजानको कोराबागसँग हारेपछि भर्खरै आफ्ना प्रशिक्षक ब्रुनो लागोलाई वर्खास्त गरेको थियो ।

 

सन् २००० मा मोउरिन्होले बेनफिकाबाटै आफ्नो फुटबल प्रशिक्षकको जीवन सुरु गरेका थिए । त्यसयता उनले दुई अवसरमा चेल्सीसँगै इन्टर मिलान, रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड, टोटनहम, एएस रोमा जस्ता ठूला क्लब सम्हालेको अनुभव बटुले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →