← समाचारमा फर्कनुस्
Other Sports Apr 14, 2023 · Nepalsports

रत्नाङ्गे इन्डुरो माउन्टेन बाइक रेस हुने

रत्नाङ्गे इन्डुरो माउन्टेन बाइक रेस हुने

 काठमाडौं, बैशाख १ गते । 

काठमाडौं । रत्नाङ्गे इन्डुरो माउन्टेन बाइक रेस प्रतियोगिता बैशाखमा आयोजना हुने भएको छ । सोलुखुम्बुको ३ हजार ३ सय ५० मिटरको उचाइमा अवस्थित रत्नाङ्गेमा हुने प्रतियोगिता बैशाख २१ देखि २४ सम्म सञ्चालन हुनेछ ।  

प्रतियोगिताको एलिटतर्फ (महिला र पुरुष), मास्टर्स (+४० वर्ष) र जुनियर (–१८ वर्ष) गरि चार स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा देशी र विदेशी माउन्टेन बाइकका खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । 

प्रतियोगिताको आयोजनाबाट सोलुखुम्बुको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास आयोजकले ब्यक्त गरेको छ । फाप्लु माउन्टेन बाइक क्लबको आयोजना र जेरोलेभल एमटीबी स्कुलको ब्यबस्थापनमा आयोजना हुने प्रतियोगितालाई केटीएम सिटीले प्रायोजन गरेको हो । 

रत्नाङ्गे इन्डुरोमा विश्वभरबाट ठूलो संख्यामा माउन्टेन बाइकिङ प्रेमीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →