अन्तराष्ट्रिय महिला दिवमा आमा दौड हुने

अन्तराष्ट्रिय महिला दिवस (मार्च ८ ) को दिन एन. आर. एस स्पोर्टस फाउण्डेसनले कीर्तिपुर नगरपालिकाको सहकार्यमा कीर्तिपुरमा आमा दौड आयोजना गर्ने भएको छ ।
कीर्तिपुर नगरपालिका कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष आमाहरुलाई खेलकुदप्रति जागरुक गराउनका लागि आमा दौड आयोजना गर्न लागेको बताए । फागुन २५ गते हुने दौड ५ र ३ किलोमिटर हुनेछ ।
कीतिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले आमा दौड आफैमा नयाँ प्रयोग हुने भएकाले यसले हरेक परिवारमा प्रभाव पार्ने बताए । मेयर नकर्मी र फाउन्डेसका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले दौड आयोजनाको सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
एसियाली खलकुदकी कास्य पदक तथा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले आमाहरुले आफ्नो लागि पनि समय निकाल्नु पर्छ भन्ने सन्देश दिनका लागि आमा दौड प्रभावकारी हुने बताएकी छिन् ।
कीर्तिपुर नगरपालिकाकी उपमेयर शुभलक्ष्मी शाक्यले आमा दौडमार्फत नगरपालिकाको परिचय दिनका लागि पनि सहयोगी हुने विश्वास लिएको बताएकी छिन् ।
नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले आमा दौडको आयोजना आफैमा उदाहरणीय हुने विश्वास लिएको बताए ।
दौडका क्रममा कीर्तिपुरको पर्यटन प्रबन्ध र स्थानिय खानाको प्रबद्र्धनका लागि फुड फेस्टिबलमा गरिने बताइएको छ ।
नाम आमा दौड भएपनि दौडमा जो कोहिले पनि भाग लिन सक्ने र त्यसका लागि दर्ता शुल्क ३ सय रुपैयाँ लाग्ने फाउन्डेसनले जानकारी दिएको छ । कीर्तिपुर नगरपालिकाले दौडमा भाग लिने आफ्ना नगरका ३ सय जनाको दर्ता शुल्क बेर्होने पनि मेयर नकर्मीले जानकारी दिए ।
फाउन्डेसनका अध्यक्ष श्रेष्ठले यसपटकको आयोजना सफल भएको खण्डमा हरेक वर्ष आमा दौडलाई भाग लिन सक्ने बताइएको छ । यसलाई प्रतिस्पर्धा भन्दा पनि आमाहरुको जागरुक गराउन आयोजना गरिएको जनाएको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |