← समाचारमा फर्कनुस्
Football Jul 05, 2026 · Swadesh

मोरक्कोसँग हारेपछि क्यानाडा बाहिरिने पहिलो सह–आयोजक

मोरक्कोसँग हारेपछि क्यानाडा बाहिरिने पहिलो सह–आयोजक

क्यानाडा विश्वकप २०२६ बाट बाहिरिने पहिलो सह–आयोजक भएको छ । ह्युस्टनमा भएको अन्तिम १६ चरणको खेलमा मोरक्कोले आइतबार क्यानाडालाई सजिलै ३–० ले हरायो । यस जितपछि मोरक्को क्वाटरफाइनल पुगेको छ ।

कतारमा भएको पछिल्लो विश्वकपमा पनि मोरक्को सेमिफाइनलको यात्रा तय गर्न सफल रहेको थियो । जिरोनाका मिडफिल्डर एजेडिन ओनाहीले मोरक्कोको जितमा दुई गोल गरे । उनले ५० औं मिनेटमा गोलको खाता खोलेपछि ८२ औं मिनेटमा दोस्रो गोल थपे ।

दोस्रो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा सोफिन रहिमीले तेस्रो गोल थपे र मोरक्कोको जितको औपचारिकता पूरा गरे । अब थप एक जितपछि मोरक्कोले सन् २०२२ को विश्वकपको प्रदर्शन दोहराउन सक्नेछ । क्यानााडले खेलको सुरुआतमा बलियो चुनौती पेस गरे पनि त्यसलाई दोस्रो हाफमा कायम राख्न सकेन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →