← समाचारमा फर्कनुस्
Football Sep 05, 2025 · Swadesh

मेसीको दुई गोलमा अर्जेन्टिना विजयी

मेसीको दुई गोलमा अर्जेन्टिना विजयी

लियोनल मेसीको दुई गोलको मदतले अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा शुक्रबार भेनेजेएलालाई ३–० ले पराजित गरेको छ । ब्यनर्स आयर्सको स्टाडियो मोनुमेन्टलमा भएको खेलमा अर्जेन्टिनाले आत्मसात् गरेको जित सजिलो रह्यो ।


मेसीले ३९ र ८० औं मिनेटमा गोल गरे । यस्तै लउटारो मार्टिनेजले ७६ औं मिनेटमा थप एक गोल गरे । डिफेन्डिङ च्याम्पियन पनि रहेको अर्जेन्टिना एक वर्षपछि हुने विश्वकपका लागि यसअघि नै छनोट भइसकेको छ ।


छनोटमा उसको १७ खेलबाट ३८ अंक भएको छ र अंक तालिकाको शीर्ष स्थानमा छ । आइतबारको अन्य खेलमा कोलम्बियाले बोलिभिया तथा उरुग्वेले पेरुलाई समान ३–० ले पराजित गर्‍यो । पाराग्वे र इक्वेडरले भने गोलरहित बराबरी खेले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →