← समाचारमा फर्कनुस्
Football Sep 20, 2025 · Swadesh

मर्सिसाइड डर्बीमा लिभरपुल विजयी

मर्सिसाइड डर्बीमा लिभरपुल विजयी

लिभरपुलले मर्सिसाइड डर्बीमा शनिबार एभरटनलाई २–१ ले हराएको छ र यससँगै इंग्लिस प्रिमियर लिगमा लगातार पाँचौं जित दर्ता गरेको छ । लिभरपुल १५ अंकसहित शीर्ष स्थानमा छ ।


लिभरपुलले रायन ग्राभेनबाखको गोलले १० औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि ह्युगो एकिटिकेले २९ औं मिनेटमा दोस्रो गोल थपे । एभरटनका तर्फबाट इड्रिस गुएयले ५८ औं मिनेटमा एक गोल फर्काए ।


यससँग खेल थप रोमाञ्चक बनेको थियो, तर थप गोल हुन सकेन् । एभरटनका डेविड मोयसले प्रशिक्षकका रूपमा अहिलेसम्म एनफिल्डमा कुनै खेल जित्न सकेका छैनन् । प्रशिक्षकका रूपमा एनफिल्डमा उनको यो २३ औं खेल हो ।


अर्कोतर्फ यस खेलसँगै एलेक्जान्डर इसाकले लिगमा डेब्यु गरेका छन् । उनी ब्रिटिस कीर्तिमान रकममा न्युकासल युनाइटेडबाट लिरभपुल आएका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →