← समाचारमा फर्कनुस्
एमबापले गरे हेनरीसँग बराबरी

फ्रान्सका लागि सबैभन्दा बढी गोल गर्ने कीर्तिमानमा शनिबार केयलिन एमबापेले थिएरी हेनरीको बराबरी गरेका छन्, अब उनको एक जना मात्रै छन्, ओलिभर जिरोड । एमबापेको उत्कृष्ट गोलको मदतले फ्रान्सले युक्रेनलाई २–० ले पराजित गर्दै युरोपेली विश्वकप छनोटमा विजयी सुरुआत लिएको छ ।
समूह ‘डी’ को तटस्थ मैदानका रूपमा पोलान्डमा भएको खेलमा फ्रान्सका लागि पहिलो गोल भने मिचेल ओलिसले गरे । एमबापेले ८३ औं मिनेटमा दोस्रो गोल गरे । यससँगै उनले हेनरीको नाममा रहेको फ्रान्सका लागि दोस्रो सर्वाधिक ५३ गोलको कीर्तिमान बराबरी गरे ।
फ्रान्सका लागि सबैभन्दा बढी गोलको कीर्तिमान ओलिभर गिरोडको नाममा छ । उनले ५७ गोल गरेका छन् । सम्भवतः अबको विश्वकप छनोटमा एमबापेले आफ्नो लय कायम राख्ने हो भने एमबापे सजिलै फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुनेछन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |