← समाचारमा फर्कनुस्
Volleyball Mar 21, 2025 · Swadesh

मेयर कप भलिबलको तयारी पूरा, २२ टिम सहभागी

मेयर कप भलिबलको तयारी पूरा, २२ टिम सहभागी

जावलाखेल । ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सब अवसरमा आयोजना हुन लागेको मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको छ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहलमा आयोजना हुने प्रतियोगिता चैत १० देखि १५ गतेसम्म सञ्चालन हुनेछ। शुक्रबार आयोजकले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी पूरा भइको जानकारी गराएको हो।

यस्तै, प्रतियोगिताको विजेताले दुवैतर्फ दुई लाख पाउनेछन्। उपविजेता एक लाख, तेस्रो हुनेले ५० हजार पाउनेछन्।

प्रतियोगितामा महिलातर्फ ८ टिमको सहभागिता रहनेछ भने पुरुषतर्फ १४ टिमको सहभागि हुनेछ।

प्रतियोगितामा बिधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार, वेस्ट स्पाईकर, वेस्ट ब्लकर, वेस्ट लिबेरो र वेस्ट प्रशिक्षकले समान ५ हजार पाउनेछन्।

प्रतियोगिताको खेलहरु लिगकम नकआउटको आधारमा सञ्चालन हुनेछ।

नयाँ प्रतिभाशाली खेलाडीहरुले प्रतिभा देखाउन पाउने र बागमती प्रदेश पालिकाहरुबीच सुमधुर सम्बन्ध विकास गर्ने सुनौलो अवसर भएकाले सो प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी महिला टिम

१. ललितपुर महानगरपालिका (ललितपुर)

२. काठमाडौं महानगरपालिका (काठमाडौं)

३. हेलम्बु गाउँपालिका (सिन्धुपाल्चोक)

४. बिबु गाउँपालिका (दोलखा)

५. महालक्ष्मी नगरपालिका (ललितपुर)

६. निलकण्ठ नगरपालिका (धादिङ)

७. चन्द्रागिरी नगरपालिका (काठमाडौं)

८. दुप्चेस्वर गाउँपालिका (नुवाकोट)


पुरुषतर्फ

१. ललितपुर महानगरपालिका (ललितपुर)

२. काठमाडौं महानगरपालिका (काठमाडौं)

३. बागमती गाउँपालिका (ललितपुर)

४. महांकाल गाउँपालिका (ललितपुर)

५. रामेछाप नगरपालिका (रामेछाप)

६. खाडाँदेवी गाउँपालिका (रामेछाप)

७. मेलुंग गाउँपालिका (दोलखा)

८. मन्थली नगरपालिका (रामेछाप)

९. महांकाल ४ सि.एल.सी (ललितपुर)

१०. दुप्चेश्वर गाउँपालिका (नुवाकोट)

११. पनौती नगरपालिका (काभ्रे)

१२. गल्छी नगरपालिका (धादिङ)

१३. पंञ्चकन्या गाउँपालिका (नुवाकोट)

१४. मेलम्ची नगरपालिका (सिन्धुपाल्चोक)

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →